"सेतिकाे सुशेली जैविक विविधता,""पर्यटन,शिक्षा,कृषि एवं शुसानयुक्त शिखरकाे समृदि्" शिखर नगरपालिकामा यहाँहरु लाई हार्दिक स्वागत छ |

संक्षिप्त परिचय

शिखर नगरपालिका एेतिहासिक,प्राकृतिक,साँस्कृतिक तथा धार्मिक तवरले महत्वपूर्ण रहेकाे क्षेत्र भएकाेले विशेष पर्यटकीय केन्द्रकाे रूपमा विकास हुने सम्भावना छ। पवित्र धार्मिक एवं प्राकृतिक साैन्दर्यले भरिपूर्ण शिखर लेक एवं धार्मिक क्षेत्र केदारेश्वर,सालमुनी एवं भागेश्वर लगायत शक्ति पिठहरू गहनान ,लुहाखडी मन्दिर, सेति नदि एवं लामिताल ,देउताल ,खकरताल ,चुरमुनि ताल लगायत एेतिहासिक ताल तलैयाहरू,खाेलाहरू,जडीबुटी,वन पैदावर, कृषि,पशुपालन,नगदीबाली लगायत थुप्रै सम्भावनाका क्षेत्रहरू छन।यस नगरपालिका अन्त‍‌र्गत जम्मा ११ वडा छन ,घरधुरी ५४८०, जम्मा जनसंख्या ३१८०१ (पुरूष १३४२०,महिला १८३८१) र कुल क्षेत्रफल २८५‍‍.३९(वर्ग कि.मी.) छ ।शिखर लेक बाट शिखर नगरपालिकाकाे नामाकरण गरिएकाे हाे ।

सिमाना

पुर्व:दिपायल सिलगढी नगरपालिका 

पश्चिमःगन्यापधुरा गाउँपालिका,डडेलधुरा 

उत्तरः आदर्श गाउँपालिका र दिपायल सिलगढी नगरपालिका 

दक्षिणःजोरायल गाउँपालिका

 

वडा नं.८

शिखर नगरपालिकाकाे वडा नं ८ साबिक वडाहरू ८-९ मिलेर बनेकाे छ।

यहाँ बिशेष गरी क्षेत्री,दलित,जनजाति,ब्राम्हणकाे बसाेबास रहेकाे याे वडाकाे जन्संख्या २३५५

र क्षेत्रफल ११.६३ वर्ग कि.मि मा अवस्थित छ।यस वडामा सेलटापु,शिव मन्दिर

धार्मिक रूपमा प्रख्यात रहेकाे पाइन्छ।स्थानिय निर्बाचन २०७४ काे वडा अध्यक्षमा

शिद़ बहादुर बलायर निर्बाचित हुनुभएकाे हाे

Population: 
2355
Ward Contact Number: 
984697410